संघीय प्रतिनिधिसभामा आजदेखि नयाँ आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल सुरु भएको छ।
सो छलफलमा सहभागी हुँदै सांसद अमरेशकुमार सिंहले बजेटका सिद्धान्त र प्राथमिकताको लागि संसदमा भएको छलफल कर्मकाण्डी मात्रै भएको बताए। उनले यहाँ दिएको सुझावले बजेटका सिद्धान्त र प्राथमिकतामा कुनै परिवर्तन नहुने भन्दै उक्त टिप्पणी गरेका हुन्।
कृषिमा अनुदान भनेर दिइए पनि बिचौलियाले खाने गरेको बताए। उनले बजेटमै ठूला पदधारीको घरमा सीसीटीभी जोड्नुपर्ने बताए। उनीहरुले सांसदलाई भेट नदिने गरेको भन्दै बिचौलियाले चाहेको समयमा भेट्न पाइरहेको उल्लेख गरे। उनले सांसदको क्षेत्रमा बजेट कनिका छर्ने गरे पनि मन्त्रीहरुले मात्रै धेरै पाउने गरेको आरोप लगाए।
नयाँ बजेट गरिबी उन्मूलन गर्नेखालको ल्याउनुपर्ने उनको भनाइ छ।
Shares
प्रतिक्रिया