कारोबार


काठमाडौं महानगरमा विवाहितभन्दा अविवाहित प्रमाणित गर्न १० गुणा बढी शुल्क

काठमाडौं महानगरमा विवाहितभन्दा अविवाहित प्रमाणित गर्न १० गुणा बढी शुल्क

नेपालखबर
असार १२, २०७९ आइतबार १३:२४, काठमाडौँ

काठमाडौं महानगरपालिकाले विवाहभन्दा अविवाहित प्रमाणित गर्न १० गुणा बढी असुल्दै आएको छ। काठमाडौं महानगरले विवाहित प्रमाणित गर्न १०० रुपैयाँ र अविवाहित प्रमाणित गर्न १ हजार रुपैयाँ शुल्क लिँदै आएको हो।  

शुक्रबार बजेटसँगै जारी गरिएको आर्थिक ऐनमा ६० वर्षमाथिका अविवाहित व्यक्तिको निःशुल्क प्रमाणित हुने उल्लेख गरिएको छ। काठमाडौं महानगरले सेवा शुल्कमा यसअघि लिँदै आएको शुल्कलाई निरन्तरता दिएको छ। 

त्यस्तै महानगरले जीवितसँगको नाता प्रमाणित २०० रुपैयाँ र मृतकसँगको नाता प्रमाणित ५०० रुपैयाँ शुल्क लिँदै आएको छ। 

महानगरले जन्म, मृत्यु, विवाह, बसाइसराइ र सम्बन्धविच्छेदको   ३५ दिनसम्म दर्ता निःशुल्क हुने बनाएको छ। त्यसपछि भने व्यक्तिगत घटनाको पालिकामा दर्ता ५० रुपैयाँ तोकिएको छ। 

महानगरले व्यक्तिगत घटना प्रतिलिपि प्रमाणित गर्न भने २०० रुपैयाँ लाग्ने उल्लेख रहेको छ। 

अंगीकृत नागरिकता सिफारिस १० हजार, वैवाहिक अंगीकृत नागरिकता सिफारिस २५ सय रुपैयाँ सेवाशुल्क ल्याएको छ। 

महानगरले मिलापत्र गर्दा एक हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको छ। मिलापत्र गर्ने दुवैमध्ये एक पक्षले ५०० का दरले व्यहोर्नुपर्नेछ। मुद्दा फिर्ता लिँदा प्रतिउजुरीकर्ता ५०० रुपैयाँ उठाउने आर्थिक ऐन २०७९ मा उल्लेख छ। 

व्यक्तिगत विवरण सिफारिस ५०० रुपैयाँ, नाता प्रमाणित गरेको १०० रुपैयाँ, जन्ममिति प्रमाणित १०० रुपैयाँ काठमाडौं महानगरले शुल्क लिँदै आएको छ। 

अंग्रेजी सिफारिस दस्तुर ५०० रुपैयाँ शुल्क राखेको छ।  

के गर्दा कति शुल्क?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad