ad ad

कारोबार


चीनले दिने ६० अर्बबारे कुरा भयो, उपयोगको योजना बनाउछौँ : मन्त्री खड्का

चीनले दिने ६० अर्बबारे कुरा भयो, उपयोगको योजना बनाउछौँ : मन्त्री खड्का

नेपालखबर
साउन २६, २०७९ बिहिबार २०:१३, काठमाडौँ

परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनले यसअघि दिने भनिएको ३.५ बिलियन युआन (करिब ६० अर्ब रुपैयाँ) उपयोगको योजना बनाइने बताएका छन्। 

तीन दिने चीन भ्रमण सकेर बिहीबार त्रिभुवन विमानस्थलमा अवतरण गरेका परराष्ट्र मन्त्री डा. खड्काले चिनियाँ राष्ट्रपति सी चिनफिङ आउँदा दिने भनिएको उक्त रकम उपयोगको योजना बनाइने बताएका हुन्। 

'मेरो भ्रमणका क्रममा विगतमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार भएका छौँ', उनले भने, 'चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा घोषणा भएको ३.५ बिलियन चिनियाँ युआन सहयोग (करिब ६० अर्ब) को उपयोगबारे रचनात्मक कुरा भएको छ।'

खड्काले नेपालको चीनतिर बढ्दो व्यापार घाटा कम गर्ने विषयमा पनि कुरा राखेको बताए। 'यसमा पनि उनीहरुले सहयोग गर्छौँ भनेका छन्', खड्काले अगाडि भने। 

त्यसैगरी भ्रमणका क्रममा सीमानाका कोभिड महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति पनि दुई पक्षबीच भएको खड्काले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .