कारोबार


सुन तोलामा ६ सय सस्तो, चाँदीको भाउ कति?

सुन तोलामा ६ सय सस्तो, चाँदीको भाउ कति?

नेपालखबर
भदौ १३, २०७९ सोमबार ११:३८, काठमाडौँ

सुनको मूल्य आज घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय र चाँदी १५ रुपैयाँ सस्तो भएको हो। 

संघका अनुसार आज उक्त दरले घटेर छापावाल सुन ९४ हजार ५ सय र तेजाबी सुन ९४ हजार रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको छ। 

अघिल्लो दिन छापावाल सुन ९५ हजार १ सय, तेजाबी सुन ९४ हजार ६ सय र चाँदी १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

विश्वबजारमा भने सुनको भाउ प्रतिऔँस १ हजार ७ सय २४ दशमलव ५४ अमेरिकी डलर रहेको छ। गोल्डप्राइस डट ओआरजीका अनुसार प्रतिऔँस १०.३३ डल रले घटेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .