सामसङले नयाँ ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा ल्याएको छ।
भर्खरै ल्याएका दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको जनाएको छ।
ग्यालेक्सी बड्स २ प्रोको मूल्य २७ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै सामसङले ग्यालेक्सी वाच ५ र वाच ५ प्रो पनि क्षमतालाई विस्तार गर्दै ल्याएको जनाएको छ।
यी डिभाइसका पहिलेको संस्करणलाई सुधार गरेर अत्याधुनिक बनाउँदै यसको ब्याट्रीको जीवन, टिकाउपना, लगायत उपकरणको सम्पूर्ण सुन्दरतामा स्तरोन्नति गरिएको बताइएको छ।
दुवै ग्यालेक्सी वाच ५ र वाच ५ प्रोमा भएको बायोएक्टिभ सेन्सरको प्रयोगले आफ्ना ग्राहकहरुलाई राम्ररी बुझन् सक्ने बनाइएको छ।
बढाइएको सतह क्षेत्र र ग्राहकहरुको नाडीसंग धेरै सिधा सम्पर्क हुनाले अझ बढी सही रुपमा नाप्न सक्ने भएको छ र प्रयोगकर्ताहरुको स्वास्थ्य एवं कुशलताको बारेमा सुक्ष्म रुपले बुझन सबै सेन्सरहरुले एकसाथ काम गर्छन । पहिलो पटक यो ग्यालेक्सी वाच जिपिएक्स जडित भएकोले वाच ५ प्रोले तपाईंको चालहरुको पनि रेकर्ड राखेर तपाईंलाई त्यस बारेमा जानकारी दिन्छ ।
दुवै वाच ५ र वाच ५ प्रोमा शरीर संरचना मापन गर्ने यन्त्र जडान गरिएको छ, जसले प्रयोगकर्ताहरुलाई वर्कआउटहरु वा प्रशिक्षणद्वारा आफ्नो व्यक्तिगत लक्ष्य तोक्न सहयोग गर्दछ । यस्तै तपाईं विछ्यौनाबाट लड्नु भएमा वा ठेस लागेमा तपाईंले आकस्मिक कलको लागि सम्पर्कमा राख्नु भएकालाई त्यसको जानकारी दिने यन्त्र पनि यसमा राखिएको छ । यसैगरी तपाईं निदाउनु भएको स्कोरको ट्रयाक राख्ने, तपाईंको आरामको समय बढाउने जस्ता विशेषताहरुका साथै तपाईंको निन्द्रा खलबलिन नदिन बत्ति, एसि र टिभी समेतको तालमेल मिलाउने स्मार्ट थिङ्स एप पनि यसमा रहेका छन् ।
वाच ५ (४०एमएम)को मूल्य ३९ हजार ९९९ रुपैयाँ, वाच ५ (४४एमएम)को मूल्य ४४ हजार ९९९ रुपैयाँ, वाच ५ प्रोको मूल्य ६४ हजार ९९९ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया