कारोबार


केन्ट आरओको दशैँ तिहार अफर : हरेक खरिदमा उपहार

केन्ट आरओको दशैँ तिहार अफर : हरेक खरिदमा उपहार

नेपालखबर
भदौ १९, २०७९ आइतबार १७:५४, काठमाडौँ

सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक संस्था ईओएल प्रालिले यसपालिको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ। 

भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै ‘केन्ट आरओ दशैँ तिहार, हरेक खरिदमा उपहार’ भन्ने नारासहित अफर जारी गरेको हो। 

यसअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सीजी ब्रान्डको इलेक्ट्रिक केट्टल उपहारस्वरूप प्रदान गरिएको छ। यो ग्राहक योजना यही भदौ १३ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको छ।

आज सफा पिउने पानीे आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन्। 

पिउने पानीमा उच्च टीडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुनसक्छ। साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरूमार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ। पिउनुभन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ। यसैले, आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन ्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad