कारोबार


बोसको तालिम र सम्मान कार्यक्रम सम्पन्न

बोसको तालिम र सम्मान कार्यक्रम सम्पन्न

नेपालखबर
भदौ १९, २०७९ आइतबार १८:३७, काठमाडौँ

नेपाली बजारमा बोसको आधिकारिक वितरक सत्यदीप ग्रुपको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको तालिम सम्पन्न भएको छ। 

शनिबार एक कार्यक्रमका बीच बोसका कन्ट्री हेड रितुन्च गुप्ताले ग्लोबल अटोमोटिभ इन्डष्ट्रिजमा भएका सेल्स एन्ड सर्भिस प्राक्टिसमा आधारित तालिम प्रदान गरे। त्यसैगरी उनले फिल्ड च्याम्पियनहरुलाई अझै व्यावसायिक तरिकाले नेपाली ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ फिट फर फ्युचर क्याम्पेन समेत लन्च गरे। 

बजारमा भएको कठिन अवस्थाको वावजुद आर्थिक वर्ष २०७८/७९ मा अटो पार्ट्स उद्योगका रिटेलर र वर्कशपहरुलाई सहयोग गर्ने व्यक्तिहरुलाई अप स्किलिङ प्रोग्रामका बीच सत्यदीप ग्रुपले सम्मान गरेको छ। 

सत्यदीप ग्रुपसँग हाल नेपाली जनतालाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न प्रतिबद्ध र अटो पार्ट्स उद्योगमा समर्पित २५ भन्दा बढी व्यक्तिहरु सो तालिममा सहभागी भएका थिए। 

नेपाली सवारी साधन बजारमा आफ्टर मार्केटका लागि आवश्यक विभिन्न ब्रान्डका जेन्युइन पार्ट्स उपलब्ध गराउदै आइरहेको सत्यदीप ग्रुपले समय समयमा यस्ता कार्यक्रम गर्दै आएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .