कारोबार


स्मार्ट सेलले ल्यायो फेस्टिव अफर

स्मार्ट सेलले ल्यायो फेस्टिव अफर

नेपालखबर
भदौ १९, २०७९ आइतबार १८:४२, काठमाडौँ

बडा दशैं र तिहार नजिकिँदै गर्दा स्मार्ट सेलले दशैँ-तिहारको अवसरमा दुई नयाँ अफरहरू ल्याएको छ।  

कम्पनीले स्मार्ट सेल मेगा मिनेट र स्मार्ट सेल विक्ली कम्बो प्याक अफर ल्याएको हो।  

यी अफरहरूमा प्रयोगकर्ताले सबै नेटवर्कमा कल गर्न मिल्ने भ्वाइस प्याकहरू, डाटा प्याकहरू र एस एम एस प्याकहरू सस्तो दरमा प्रयोग गर्न पाउनेछन् ।

स्मार्टटेल नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी हो । जुलाई १, २००८ देखि स्मार्ट सेल नेटवर्कमार्फत दूरसञ्चार सेवाहरू प्रदान गर्दै आएको यस कम्पनीले आफ्नो ग्राहकलाई कम मूल्यमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। 

देशैभर फैलिएको सबैभन्दा फास्ट ४जी नेटवर्क सबैभन्दा कम मूल्यमा प्रदान गर्दै स्मार्ट सेल मोबाइल डाटा प्रयोगकर्ताहरूको रोजाइमा परेको छ। मोबाइलमा सोसल मिडियाको प्रयोग गर्न देखि अनलाइन गेम खेल्नसम्म, वा वेब सर्फिङ गर्नको लागि, सस्तो डाटाको कारण स्मार्ट सेलको लोकप्रियता युवा ग्राहकमाझ लोकप्रिय रहेको छ । 

दशैं-तिहारको उपलक्ष्यमा स्मार्ट सेलले “स्मार्ट सेल मेगा मिनेट” प्याक ल्याएको छ । यो प्याक खासगरी आफ्ना प्रियजनहरूसँग लामो कुराकानी गर्न रुचाउने ग्राहकहरुको लागि ल्याइएको हो । यो प्याक अन्तर्गत प्रयोगकर्ताले नेपालको जुनसुकै नेटवर्कमा सुपथ मूल्यमा कल गर्न पाउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .