अर्बपति विनोद चौधरीको नाम प्रतिनिधि सभा निर्वाचनमा २ ठाउँबाट सिफारिस भएको छ।
चौधरीको नाम नेपाली कांग्रेस नवलपुर १ र नवलपरासी १ बाट सिफारिस भएको हो।
सोमबार बसेको बैठकले चौधरीलाई सिफारिस गरेको छ। हाल नेपाली कांग्रेसको समानुपातिक सांसद रहेका चौधरी प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका थिए।
१४औँ महाधिवेशनबाट कांग्रेस केन्द्रिय सदस्य बनेका चौधरी अब पूर्णरुपमा राजनीति गर्ने बताएका थिए।
नवलपुरको निर्वाचन क्षेत्र नं १ उद्योगपति विनोद चौधरीसहित ५ जनाको नाम सिफारिस गरेको छ। उनीसँगै कांग्रेस नेता डा. शशांक कोइराला सिफारिसमा परेका छन्। जिल्लाको क्षेत्र नं १ मा २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएको छ।
नवलपरासी क्षेत्र नं १ मा पनि विनोद चौधरीसहित ५ जना नै सिफारिस परेका छन्।
258
Shares
प्रतिक्रिया