कारोबार


हेल्थ एट होमले डेङ्गु रोग पीडितलाई सुरू गर्यो निःशुल्क स्वास्थ्य परामर्श सेवा

हेल्थ एट होमले डेङ्गु रोग पीडितलाई सुरू गर्यो निःशुल्क स्वास्थ्य परामर्श सेवा

नेपालखबर
भदौ २२, २०७९ बुधबार १८:६, काठमाडौँ

घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले पाटन जेसिससँगको सहकार्यमा डेङ्गु रोग पीडितलाई निशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ। 

पछिल्ला दिनमा राजधानी लगायत देशभर डेङ्गु संक्रमित तीव्र रुपमा फैलिरहेका बेला हेल्थ एट होमले यस्तोे सेवाको सुरुवात गरेको हो। 

कम्पनीले बीरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरुका विषयमा निःशुल्क परामर्श सेवाको सुरुवात गरेको जनाएको छ। 
साथै यदि बिरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वास्थ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ। 

कम्पनीले यसअघि काोभिड महामारीको समयमा समेत निःशुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने घर–घरमै पुगेर उपचार गर्ने व्यवस्था समेत मिलाएको थियो। 

१४ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ। कम्पनीले हालै मात्रै घरमै पुगेर स्वास्थ्य सेवाका अलावा रेडियोलोजी सेवा दिन सुरु गरेको छ। 

हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन्। हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ। देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .