सामसङ नेपालले सामसङ इन्नोभेसन क्याम्पस (एसआईसी)को पछिल्लो कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गर्दै कृत्रिम बौद्धिकता (एआई) कोर्समा भर्ना खुल्ला गरेको छ।
नेपालको डिजिटल प्रतिभाहरुको नयाँ पुस्ता विकास गर्ने प्रतिबद्धतासाथ नयाँ कोर्समा आवेदन खोलेको कम्पनीले जनाएको छ।
एसआईसीअन्तर्गतको कोडिङ र प्रोग्रामिङ कोर्स सन् २०२५ को डिसेम्बर २२ बाट सुरु गरिएको थियो। जहाँ विद्यार्थीहरुले प्राविधिक दक्षता, व्यावहारिक परियोजना अनुभव र उद्योगहरुको सहयोग पाएका थिए। यसबाट दीक्षित विद्यार्थीलाई कम्पनीले एक कार्यक्रम गरी सम्मान गरेको थियो।
सामसङ नेपालका प्रबन्धनिर्देशक चाङ अप जङले गत डिसेम्बरमा नेपाल आएलगत्तै एसआईसीलाई देख्दा नेपालका युवा प्रतिभामा ठूलो सम्भावना देखेको स्मरण गरे।

उनले भने, ‘आज म उनीहरुको वास्तविक प्राप्तिमा खुसी छु। हरेक उद्योगलाई एआईले अर्को आकार दिँदै गर्दा डिजिटल प्रतिभा विकास गर्नु अति नै महत्त्वपूर्ण छ। सामसङले एसआईसीको माध्यमबाट युवाहरुलाई सीप, आत्मविश्वास र नवप्रवर्तनात्मक सोचयुक्त बनाउँदै नेपालको डिजिटल भविष्य निर्माणलाई मद्दत गरिरहेको छ।’
सन् २०२३ मा सामसङको ग्लोबल सीएसआर भिजनअन्तर्गत एसआईसी सुरु गरिएको थियो। यसले उदाउँदा प्रविधिहरुसँगै उद्योगसँग सम्बन्धित दक्षता र सीपका साथ युवा जनशक्ति उत्पादन गर्छ।

कम्पनीका अनुसार नयाँ एआई कार्यक्रम उद्योगहरुलाई एआईले रुपान्तरण गरिरहेको समयमा आएको छ। यसले डिजिटल कार्यबलको नयाँ पुस्ताको माग बढाइरहेकाले त्यसलाई ध्यानमा राखेर नयाँ कार्यक्रम सुरु गरिएको हो। कक्षाबाहेक सामसङ नेपालले एसआईसीबाट आउनेहरुलाई सामसङकै कर्मचारी र उद्योग विज्ञहरुबाट मार्गदर्शन समेत प्रदान गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले सामसङ इन्नोभेसन क्याम्पस अलुम्नी नेटवर्क स्थापना गर्ने योजना पनि बनाएको छ। जसले यस क्याम्पसबाट आएकालाई जोडिरहन र भविष्यका सहभागीहरुलाई मार्गदर्शन प्रदान गर्न सहज हुनेछ। कम्पनीले विद्यार्थी, उद्योग र सरकारबीचको सहकार्यलाई मजबुत बनाउने उद्देश्य राखेको छ। जसअनुसार नेपालको एआई इकोसिस्टम निर्माणमा अत्यावश्यक भूमिका खेल्ने अपेक्षा छ।
तस्बिरमा हेर्नुहोस्










सबै तस्बिर : मन विक्रम लामा
Shares

प्रतिक्रिया