कारोबार


दक्षिण एसियाका ४ देशमा विस्तार हुँदै टिमिनस, बीसीटीसँग साझेदारी

दक्षिण एसियाका ४ देशमा विस्तार हुँदै टिमिनस, बीसीटीसँग साझेदारी

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १४:१८, काठमाडौँ

टिमिनस र डिजिटल ट्रान्सफरमेसन कम्पनी भवन साइबर टेक (बीसीटी)बीच रणनैतिक साझेदारीसम्बन्धी सम्झौता भएको छ। 

टिमिनसको व्यवसाय भारत, श्रीलंका, नेपाल र भुटानसम्म विस्तार गर्न यस्तो सम्झौता भएको हो। 

सम्झौतासँगै बीसीटीले टिमिनसका सबै उत्पादन र सोलुसनहरु ती देशमा पुर्याउने र बजारीकरण गर्नेछ। सात वर्षका लागि यस्तो सम्झौता भएको हो। टिमिनसले दक्षिण एसियाली बजारमा पकड कायम गर्न सम्झौता गरेको हो। 

बीसीटीले आफ्ना ४ हजार प्रोडक्ट इन्जिनियरिङ र डिजिटल सेवासम्बन्धी प्राक्टिसनर र कन्सल्टेन्ट्ससहितको नेटवर्कबाट कम्पनीको बजार विस्तार गर्नेछ। 

बीसीटीका ग्रुप सीईओ, निर्देशक तथा सहसंस्थापक एस दुर्गाप्रसादले टिमिनससँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। त्यस्तै टिमिनसका प्रमुख राजस्व अधिकृत तथा अध्यक्ष एरिक जर्बरले बीसीटीसँग रणनैतिक साझेदारीको घोषणा गर्न पाउँदा प्रसन्नता व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .