ज्योति विकास बैंकले नवजीवन परोपकार समाज तथा हन्ड्रेड्स ग्रुपसँग मिलेर स्थापना भएको कपडा बैंकलाई बिहीबार एक थान वासिङ मेसिन प्रदान गरेको छ।
बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत उक्त वासिङ मेसिन हस्तान्तरण गरेको जनाएकाे छ।
कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अध्यक्ष मनोज कुमार ज्ञवाली, नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा मुख्य शाखाका प्रबन्धक रोशन थापा तथा नवजीवन परोपकार समाजका सचिव दिपकराज जोशी तथा ग्रुपका कार्यक्रम संयोजक बब्लु गुप्ताको उपस्थिति रहेको थियो।
नवजीवन परोपकार समाज तथा ग्रुपले संयुक्त सहकार्यमा काठमाण्डौ तथा ललितपुरको विभिन्न स्थानहरुमा कपडा बैंक स्थापना गरी जम्मा भएका पुनः प्रयोग गर्न मिल्ने कपडाहरुलाई सफा तथा मर्मत गरी गरिब जनताहरुको बीचमा पुर्याउने अभियान थालनी गरेको हो। सो कार्यलाई आवश्यक वासिङ मेसिन ज्योति विकास बैंकद्वारा प्रदान गरिएको हो।
समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ। नवजीवन परोपकार समाज तथा ग्रुपले थालनी गरेको कपडा बैंक कार्यक्रमले पुर्याएको उल्लेखनीय योगदानको सहयोगार्थ बैंकले सो सहयोग प्रदान गरेको छ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै यस आर्थिक वर्षभित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।
हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ।
Shares

प्रतिक्रिया