काठमाडौं महानगरले ६ कम्पनीसँग मनोरञ्जन कर असुली गरेको छ। ८४ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।
काठमाडौं महानगरले एक हप्ताको अल्टिमेटम दिँदै ७ क्यासिनोलाई पत्र काटेको थियो। हाल सञ्चालनमा रहेको अलफ्ट होटलबाहेकले मनोरञ्जन कर बुझाएका छन्।
महानगरले काठमाडौं फनपार्कलाई भदौ १५ गते पत्र काटेकोमा १६ गते कर बुझाएको थियो। फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ कर बुझाएको महानगरले जनाएको छ।
महानगरले बाँकी ८ क्यासिनोलाई पत्र काटेको थियो। जसमा सञ्चालनमा रहेका ६ वटाले महानगरलाई मनोरञ्जन कर बुझाएका छन्। होटल म्यारिएटको डेल्टीन क्यासिनोले २१ लाख ४२ हजार रुपैयाँ राजस्व बुझाएको छ।
क्यासिनो प्यालेस अन्नपूर्ण अन्नपूर्ण होटेलले भदौ २८ गते ११ लाख ८५ हजार रुपैयाँ बुझाएको छ।
प्राइड इन्टरटेन्मेन्ट एण्ड रिक्रीउसन हायात होटलले ९ लाख ८९ रुपैयाँ रहेको छ। बेलिज क्यासिनो मल्ल होटलले १३ लाख ८८ हजार रुपैयाँ रहेको छ।
त्यस्तै क्यासिनो ¥याट ¥याडिसन होटललाई १९ गते पत्र काटेको भएपनि सञ्चालनमा नरहेको कर बुझाएको छैन। रोयल क्यासिनो याक एण्ड यतिलाई पत्र काटेपनि सञ्चालनमा नरहेको भन्दै कर बुझाएको छैन।
उक्त कम्पनी हाल सञ्चालनमै रहेको छैन। बाल्को क्यासिनो होटल एलफ्टलाई १९ गते पत्र काटेकोमा कर बुझाएको छैन।
Shares

प्रतिक्रिया