सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको ५ वर्ष पूरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ।
सो अवसरमा कम्पनीले सामाजिक सेवा उत्तरदायित्वअनुरुप विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ।
कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ।
त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ ।
असोज ६, २०७९, बिहीबार
36
Shares
प्रतिक्रिया