ad ad

कारोबार


बजाजको ‘ग्रान्ड एक्सचेन्ज फेस्ट’ घोषणा

बजाजको ‘ग्रान्ड एक्सचेन्ज फेस्ट’ घोषणा

नेपालखबर
असोज ७, २०७९ शुक्रबार २१:६, काठमाडौँ

नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज ग्राण्ड एक्सचेन्ज फेस्ट’ घोषणा गरेको छ। 

‘ग्रान्ड बाइक्स, ग्राण्ड एक्सचेन्ज, ग्रान्ड सेलिब्रेसन’ शीर्षकका साथ घोषणा गरिएको यो अफर काठमाडौंको भृकुटीमण्डपमा असोज ७ गतेदेखि १० गतेसम्म चल्ने कम्पनीले जनाएको छ।

यस अफरमा ग्राहकले जुनसुकै ब्राण्डको पुरानो बाइक ल्याउन र १८ भन्दा बढी भ्यालुएटरले मूल्याङ्कन गर्न सक्ने नयाँ बजाज बाइक लिएर घर फर्कन सक्नेछन्। 

यसका साथै ग्राहकले कुनै पनि मोटरसाइकलको प्रचलित बजार मूल्याङ्कनभन्दा ७ हजार रुपैयाँ बढी नगद छुट सहित सजिलो फाइनान्सिङ, २५ प्रतिशत डाउन पेमेन्ट र निःशुल्क एक्सेसरिज पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ।

साथै, हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिज मोबाइल र आकर्षक डोर पुरस्कारहरू जित्ने मौका पाउनेछन्। यस अफर अन्तर्गत ग्राहकहरूले टेस्ट राइड लिन र रोमाञ्चक उपहारहरू जित्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .