कारोबार


केएल टावरको ‘रमाइलो दशैँ तिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार

केएल टावरको ‘रमाइलो दशैँ तिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार

नेपालखबर
असोज १०, २०७९ सोमबार १३:२०, काठमाडौँ

केएल टावरले दशैँ तिहारका लागि उपहारै उपहारसहितको ‘रमाइलो दशैँ तिहार’ उपहार योजना सुरु गरेको छ। 

योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउनेछन्।  

केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, सफारी ब्याग, डीएचआई भ्याकुम क्लिनर, मिक्चर, राइस कुकरलगायत एक हजार रुपैयाँबराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ।

त्यसैगरी साप्ताहिक रुपमा डीएचआई ब्राण्डको वासिङ मेसिन, डीएचआई ४३ इन्चको टेलिभिजन, १७० लिटरको रेफ्रिजिरेटर, डिलक्स राइस कुकर, वाटर डिस्पेन्सर, सफारी लगेज, टाइमेक्स घडी तथा सर्टिङ सुटिङलगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ ।

बम्पर उपहारमा एक जनालाई ४ रात ५ दिनको दुवई भ्रमणको प्याकेज उपलब्ध गराइने मेला संयोजक हीरामणी तिमिल्सिनाले जानकारी दिए। 

त्यस्तै बम्पर उपहारमा यामाहाको एफजेडएस एफआई मोटरसाइकल वितरण गरिने उनको भनाइ छ। 

उपहार योजनामा सहभागी हुनका लागि कम्तीमा एक हजार रुपैयाँबराबरको सामान खरिद गर्नुपर्ने हुन्छ।

हजार वा सोभन्दा बढीको सामान खरिद गरेपछि उपभोक्तालाई उपलब्ध गराइने कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने मेला संयोजक तिमिल्सिनाले जानकारी दिए।

चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ केएल टावरले उपहार योजना सञ्चालन गरेको हो। असोज ५ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक ३० गतेसम्म चल्नेछ।

टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युब सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .