नेकपा एमालेका नेता गोकुल बास्कोटाले समानुपातिक प्रणालीको उम्मेदवारी सूचीबारे बहस गर्नुको अर्थ नहुने बताएका छन्।
दलहरुले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक सूचीबारे विभिन्न टिप्पणी र आलोचना भइरहेका अवस्थामा बास्कोटाले यस्तो बताएका हुन्।
‘समानुपातिक सूचीमा को, किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो। यसको मर्म समावेशीता हो', उनले भनेका छन्, 'कमवेसी अपवाद, मूल रुपमा यो डाडुपन्यु टिमको इच्छावेशीता हो।’
बास्कोटाले फेरि अपारदर्शी प्रणालीको विकल्प खोज्नुपर्नेमा पनि जोड दिएका छन्।
‘समयमै पार्टीहरुले ३३ प्रतिशत सोझै महिला उमेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज', उनले भनेका छन्, 'होइन भने भैँसीका अघि विरही भाकामा बिन नबजाऊ, मित्रजन।’
54
Shares
प्रतिक्रिया