कारोबार


अमेरिकामा एकै कार्यक्रममा गभर्नर र अर्थमन्त्री सहभागी

अमेरिकामा एकै कार्यक्रममा गभर्नर र अर्थमन्त्री सहभागी

नेपालखबर
असोज २७, २०७९ बिहिबार १६:२०, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अमेरिकाको वासिङटन डिसीको एकै कार्यक्रममा सहभागी भएका छन्। 

साउथ इस्ट एशिया भोटिङ ग्रुपको संयुक्त गभर्नर्स बैठकमा सहभागी भएका हुन्। 

नेपालमा राम्रो सम्बन्ध नरहेका अर्थमन्त्री शर्मा र गभर्नर अधिकारी एकै कार्यक्रममा सहभागी भएका हुन्।  

बैठकमा विश्वले भोगिरहेका वित्तीय चुनौतीको विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ। 

अमेरिका भ्रमणको क्रममा गभर्नर अधिकारीले भारतका समकक्षी शक्तिकान्त दाससँग दुईपक्षीय छलफल गरेका छन्।

दुई गभर्नरबीच क्षेत्रीय अर्थतन्त्र तथा वित्तीय अवस्था, डिजिटाइजेसन, पेमेन्ट र सेटलमेन्ट, बोर्डर ट्रेड, रेमिट्यान्सको विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .