आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल आन्तरिक कर्जा ०.६ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा कर्जा ३.१ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ६.५ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.७ प्रतिशतले बढेको थियो।
२०७९ भदौमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती ७.७ प्रतिशत, बचत २६.५ प्रतिशत र मुद्दती निक्षेपको ५८.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३५.० प्रतिशत र ४९.२ प्रतिशत रहेको थियो।
बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.७ प्रतिशतले बढेको थियो।
भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६५.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३४।९ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत र ३६.१ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.४ प्रतिशतले बढेको र विकास बैंकहरुको कर्जा प्रवाह १.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ।
२०७९ भदौमसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहि रहेको कर्जामध्ये ६६.६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७८ भदौमसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.९ प्रतिशत र १२.२ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०७९÷८० को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.६ प्रतिशतलेर निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह ०.७ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.७ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.४ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा २.१ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.३ प्रतिशतले र हायर पर्चेज कर्जा ०.२ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ५.८ प्रतिशतले घटेको छ।
Shares

प्रतिक्रिया