कारोबार


विश्वकप फुटबल हेर्न ५ सय तिर्नुपर्ने सूचना जारी

विश्वकप फुटबल हेर्न ५ सय तिर्नुपर्ने सूचना जारी

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १४:१२, काठमाडौँ

विश्वकप फुटबल हेर्न थप ५ सय तिर्नुपर्ने सूचना जारी भएको छ। मिडिया हब प्रालिले शुक्रबार थप ५सय  तिर्नुपर्ने सूचना जारी गरेको हो।

सूचनामा उल्लेख छ, ‘मात्र ५ सय रुपैयाँमा एक्सक्लुसिभ्ली नेपाली च्यानलबाट विश्वकप हेर्नको लागि आफ्नो नजिकको एमएसओ, डीटीएच र डिजिटल केवल अप्रेशनहरुसँग सम्पर्क गर्नुपर्ने छ। 

विगतमा विश्वकप फुटबल हेर्न थप शुल्क नलाग्ने भएपनि यो वर्ष नेपलीहरुबाट प्रति सेटअपबक्स ५ सय रुपैयाँ असुल गर्ने वयवस्था गरिएको छ।

विश्व फुटलव महासंघबाट त्यसको प्रसारको अधिकार मिडिया हब प्रालिले ल्याएको हो। प्रसारण भने हिमालयन टेलिभिजनबाट हुने छ। 

ग्राहकबाट उडाइएको पैसा टेलिभिजन नेटवर्क प्रसारकहरुले ३० प्रतिशत र मिडिया हबले ७० प्रतिशत पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad