कारोबार


एमालेको घोषणा : प्रमुख नदी हुँदै समुद्रसम्म नेपाली ध्वजा अंकित पानीजहाज चलाउने

एमालेको घोषणा : प्रमुख नदी हुँदै समुद्रसम्म नेपाली ध्वजा अंकित पानीजहाज चलाउने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १६:२८, काठमाडौँ

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने घोषणा गरेको छ। 

आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै नेपालका प्रमुख नदी हुँदै गङ्गाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने उल्लेख गरेको छ। 

त्यस्तै निर्माणाधीन पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने जनाएको छ। निजगढ बुटवल खण्डको निर्माण कार्य अघि बढाइने र बाँकी भागको जग्गा अधिग्रहण कार्य गरिनेछ। 

त्यसबाहेक रसुवागढी काठमाडौं रेलमार्ग र विरगंज काठमाडौं रेलमार्गको निर्माण प्रक्रिया सुरु गरिने दाबी गरेको छ। 

काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केबलकार एवं पड वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनको लागि आवश्यक अध्ययन गरी कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .