कारोबार


५० करोड बढी कारोबार गर्ने कम्पनीलाई कर मिनाहा

५० करोड बढी कारोबार गर्ने कम्पनीलाई कर मिनाहा

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १३:३९, काठमाडौँ

मध्यमस्तरीय कर कार्यालयले ५० करोडदेखि १ अर्बसम्म वार्षिक कारोबार गर्ने कम्पनीलाई कर मिनाहाको व्यवस्था गरेको छ। 

यसअनुसार गत चैतसम्म बुझाउनुपर्ने मूल्यअभिवृद्धि कर तथा अन्य कर नबुझाएको भए पुन मसान्तसम्म बुझाउन चाहेको खण्डमा ५० प्रशितत मिनाहा हुनेछ। 

५० करोड १ अर्बसम्म वार्षिक कारोबार गर्ने कम्पनी मध्यमस्तरीय कर कार्यालयअन्तर्गत पर्दछन्। 

कार्यालयका अनुसार गत चैत मसान्तसम्मको बुझाउनुपर्ने भ्याट विवरण र कर नबुझाएको भए बुझाउन बाँकी कर विवरण, सो विवरणबमोजिमको कर र ब्याजको ५० प्रतिशत रकम बुझाएमा बाँकी रकम मिनाहा हुनेछ।

त्यस्तै गत चैत मसान्तसम्म बझाउनुपर्ने भ्याट विवरण बुझाई कर दाखिला गर्न बाँकी रहेको भएमा बक्यौता कर र ब्याजको ५० प्रतिशत रकम पुस मसान्तसम्ममा बुझाएमा मूल्यअभिवृद्धि कर ऐनबमोजिम लाग्ने दस्तुर र बाँकी ब्याज मिनाहा हुने कर कार्यालयले बताएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad