अमेरिका र स्वीट्जरल्याण्डसँग हवाइ सम्झौताको प्रस्ताव स्वीकृत भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा लगेको प्रस्ताव स्वीकृत भएको हो।
नेपाल नागरिका उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले अमेरिका र स्वीजरलेन्डसँग हवाइ सम्झौता गर्न स्वीकृती दिएको नेपालखबरलाई जानकारी दिए।
‘मन्त्रिपरिषद्ले अमेरिका र स्वीट्जरल्याण्डसँग हवाइ सम्झौता गर्न स्वीकृत दिएको छ,’ निरौलाले भने,‘नागरिक उड्डयन मन्त्रालय वा प्राधिकरण कसले सम्झौता गर्न सक्ने भन्ने मन्त्रिपरिषदको पत्र आएपछि मात्रै थाहा हुन्छ।’
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मुख्यालयमा भएको एक कार्यक्रममा अमेरिकासँग सिधा हवाई उडान सम्झौताको प्रस्ताव गरेका थिए।
केही दिनअघि मात्रै अमेरिकी अधिकारी नेपालको विमानस्थलरको निरीक्षण तथा सरकारी अधिकारीसँग सिधा हवाइ उडानबारे छलफल गरी फर्किएका थिए।
Shares

प्रतिक्रिया