कारोबार


रियलमीले यूआई विजेटको क्रिएसन क्याम्पेन आयोजना गर्ने

रियलमीले यूआई विजेटको क्रिएसन क्याम्पेन आयोजना गर्ने

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १६:५१, काठमाडौँ

रियलमीले रियलमी यूआई विजेटको क्रिएसन क्याम्पेन आयोजना गर्ने भएको छ। 

यो क्याम्पेनमा एप डेभलपर, यु एक्स डिजाइनर एवम् स्मार्ट फोन कम्पनीमा काम गर्ने कर्मचारी देखि लिएर सर्व साधारण समेत सहभागी हुनसक्ने कम्पनीले जनाएको छ। 

विश्वभर छरिएर रहेका आफ्नो रियलमी फ्यानहरुसँग मिलेर नयाँँ रियलमी युआइ विजेट सह सिर्जना गर्दै सिर्जनात्मक तरिकाले भौतिक संसार र डिजिटल संसारलाई जोड्ने उद्धेश्यले यो क्याम्पेन आयोजना गरिएको आयोजक रियलमीले जनाएको छ । 

साथै यस क्याम्पेनले उपभोक्ताहरुलाई रियलमीको भविष्यको यु आइ विजेट कस्तो हुनेछ भनेर प्रभावकारी भूमिका खेल्न र सह सिर्जना गर्ने अद्वितीय अवसर प्रदान गर्नेछ। 

यसरी बनाइने नयाँँ विजेट विल्कुलै भिन्न र कटिङ एज डिजाइन युक्त मात्र नभै उपभोक्ताहरुको दैनिक प्रयोगको लागि आवश्यक फंसनालिटीहरु पनि समावेश गरिनेछ । साथै यसमा हरेक चोटि स्क्रिन अनलक गर्दा आवश्यक सुचनाहरु पनि प्रदान गर्ने गरी डिजाइन गरिने कम्पनीले जनाएको छ । 

यस यु आइ विजेटको मुख्य काम आवश्यक सुचनाहरु होम स्क्रिनमा सरल तरिकाले देखिने बनाउनु हो । त्यसैले यस सह सिर्जनात्मक कार्यमा रियलमीले सहभागिहरुबाट रोचक र नवीन आइडियाहरुको अपेक्षा गरेको छ । 

यसअनुसार आइडिया प्रदान गर्ने अन्तिम मिति कार्तिक २९, २ बजेसम्म रहेको छ भने छनोट गरिएका आइडियाहरु मंसिर २२ गते सर्वजनिक गरिने कम्पनीले जनाएको छ।  

एक जना सहभागीले एकभन्दा बढी आइडियाहरु प्रदान गर्न सक्नेछन् । 

यसको लागि को–क्रिएसन टेम्पेलेट डाउनलोड गरेर सोही टेम्पलेट अनुसार एन्ट्री र सम्बन्धित डिजाइनहरु पूरा गर्नुपर्ने कम्पनीको भनाइ छ। 
आइडिया मान्य भएको खन्डमा रियलमी जिटि नियो ३ र एक्स्क्लुसिभ कम्युनिटी ब्याज प्रदान गरिने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .