कारोबार


गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको पहिलो उडान क्वालालाम्पुर

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको पहिलो उडान क्वालालाम्पुर

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १७:११, काठमाडौँ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले पहिलो पटक उडान भरेको छ। हिमालय एयरलाइन्सले भैरहवाबाट मलेसियाको क्वालालम्पुर उडान शुरू गरेको हो। 

१३५ यात्रु लिएर हिमालयको चार्टर्ड जहाज उडान गरेको छ। 

क्वालालम्पुरबाट १२ः३० मा ल्यान्ड गरेको जहाज ३ बजेर ३ मिनेटमा उडान भएको थियो। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जेठ २ यता जजिराले भैरहवाबाट २२ हजार यात्रु बोकेको जानकारी दिए। 

उनले भैरहवा विमानस्थलमा केही समस्या रहेपनि बिस्तारै सहज हुने बताए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले श्रम स्वीकृतको आधा समस्या समाधान गरेको बताए। 

उनले श्रमको समस्या समाधान भएपनि एयरलाइन्स कम्पनीलाई कडाई नगर्दा भैरहवा नआउने बताए। 

उनले काठमाडौंबाटै सेवा दिए विमान कम्पनी नआउने भएकाले ३ भन्दा बढी उडान गर्नेले भैरहवामा आउनु पर्ने बताए। 

भैरहवामा कनेक्टिङ उडान गर्दा २५ प्रतिशत भाडा छुट दिइने सहमति भैसकेको अधिकारीले जानकारी दिए। उनले आन्तरिक उडानमा ३५ किलोसम्म सामान लिन पाउने व्यवस्था गरेको छ। 

नेपाल एयरलाइन्सको ग्राउन्ड हेन्डलिङ गुणस्तरमा प्रश्न उठेको उनले बताए। भैरहवा विमानस्थलको कमर्सियल हेन्डलिङ प्रतिस्पर्धामार्फत नै हुने जानकारी दिए। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले हिमालय एयरलाइन्सले शर्त सहित नआएको बताए। 

हिमालय एयरलाइन्सले ग्राउन्ड हेन्डलिङ गर्न पाउनु पर्ने माग गरेको बताउँदै अहिले निर्णय नभएको बताए। उनले नेपाल वायुसेवा निगमलाई समेत उडान गर्न निर्देशन दिएको बताए। 

उनले भैरहवा विमानस्थल पर्यटकसँगै वैदेशिक रोजगारीका यात्रुले सेवा लिन सक्ने बताए। साथै, भारतसँगका विभिन्न समस्या छलफलबाटै समाधान हुने बताए। 

प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले विमानस्थल सञ्चालनमा आएसँगै समस्या समाधान हुँदै जाने बताए। 

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भैरहवा वैकल्पिक विमानस्थल भन्दा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल रहेको बताए। सेफ्टी अडिट गर्दा सुरक्षित देखिएको जानकारी दिए। 

अपरेसन अडिट आइडियल नभएपनि उडान गर्न सक्ने अवस्थामा रहेको  बताए। 

‘अब हामी दैनिक उडान गर्ने हो । अहिले बजारको अध्ययन गर्न चार्टर्ड उडान गर्न लागेको छ’ उनले भने, ‘म्यानमारमा हिमालयले चार्टर्ड उडान गर्ने विषयमा छलफल गरेका छौँ’ 

भैरहवा वा पोखरा क्षेत्रीय अन्तर्रास्ट्रिय विमानस्थलमा राष्ट्रिय गौरवका आयोजनाका रुपमा अंगिकार गर्नुपर्ने र अरू निकायले सेवा उपलब्ध गराउनुपर्ने श्रेष्ठको भनाई छ।

विमानस्थलप्रति सरकारले वेवास्ता गरेको उनको आराेप छ।

श्रेष्ठले भने, ‘हामीले १४ अर्ब सरकारलाई तिरिसकेका छौं। त्यति नै हामी घाटामा छौं। ३५ भन्दा बढी उडान गर्नेलाई ग्राउन्ड हेन्डलिङ गर्न पाउने व्यवस्था रहेको छ। हामीले त्रिभुवन  विमानस्थलमा सेल्फ र भैरहवामा जहाज वेसमा कमर्सियल ग्राउन्ड हेन्डलिङ दिने विषयमा क्यान सकरात्मक रहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .