ad ad

कारोबार


सफलताको बाटोमा ओमेगा सिकी, तीनपांग्रेबाट दुई र चारपांग्रे ईभीतर्फ लम्किँदै

सफलताको बाटोमा ओमेगा सिकी, तीनपांग्रेबाट दुई र चारपांग्रे ईभीतर्फ लम्किँदै

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १२:२४, काठमाडौँ

वातावरणमैत्री र किफायती भएकै कारण इलेक्ट्रिक भेहिकलप्रति आम जनमानसको चासो र मार्केट दिनप्रतिदिन बढिरहेको छ ।  

अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने इलेक्ट्रिक भेहिकलको कुरा गर्दा ओमेगा सिकी नाम आहिले आम रुपमा आकर्षणको केन्द्र बनेको छ । 

यसकारण आकर्षणको केन्द्र बनेको छ कि ओमेगा सिकी छोटो समयमै विश्वको ठूलो इलेक्ट्रिक भेहिकल उत्पादन गर्ने कम्पनी बनेको छ ।

ओमेगा सिक्की मोबिलिटी (ओएसएम) आंग्लियन ओमेगा ग्रुप अफ बिजनेसको सदस्य हो, जसले भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पार्ट्स निर्माणमा केन्द्रित छ। 

समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको छ। 

विद्युतीय सवारीसाधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकी प्रा.लि. कम्पनीले आफ्नो इन-हाउस आर एन्ड डी सुविधामा थ्री ह्विलर सवारीसाधनहरू आकर्षक डिजाइनमा विकास गरेको छ। रेज प्लस र स्ट्रिम ब्रान्डअन्तर्गतका गाडीहरू भारतका धेरै प्रमुख ईकमर्स र रसद कम्पनीहरूले प्रयोग गर्छन्।

कार्गो सवारी साधनका लागि पूर्वको टेस्ला बन्नको लागि यो कम्पनी नयाँ दिल्लीमा प्यान एसिया ब्रान्ड निर्माण गर्ने परिकल्पनामा कम्पनि सुरुवात भएको कम्पनिको वेबसाइटमा उल्लेख छ । इलेक्ट्रिक थ्री ह्विलरबाट आफ्नो यात्रा सुरुवात गरेको कम्पनीले छोटो समयमै फोर ह्विलर र टु ह्विलरमा पनि आफ्नो उपस्थिति जनाउँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .