कारोबार


लण्डनको स्थान खोस्दै पेरिस बन्यो युरोपकै ठूलो पुँजीबजार

लण्डनको स्थान खोस्दै पेरिस बन्यो युरोपकै ठूलो पुँजीबजार

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १३:१, काठमाडौँ

बेलायती राजधानीले युरोपको अत्यन्त मूल्यवान् सेयरबजारको स्थान गुमाएको छ । बेलायती अर्थतन्त्र खराब अवस्थामा गुज्रिएसँगै लण्डनले उक्त स्थान गुमाएको बीबीसीले जनाएको छ ।

उक्त स्थान अब फ्रान्सले लिएको छ । फ्रेन्च विलासी सामानको माग बढ्नथाल्दा र मुद्रा चलायमान हुँदा कम्पनीहरुको सेयर मूल्य ह्वात्तै बढेको छ । सन् २००३ मा रेकर्ड राख्न थालेयता पेरिसले लण्डनलाई ओभरट्र्याक गरेको यो पहिलोपटक भएको ब्लुमबर्गले जनाएको छ । महंगी बढेसँगै बेलायत यसै वर्ष मन्दीमा जानसक्ने देखिएको छ ।

बेलायती सेयरको कुल मूल्य अहिले २८ खर्ब २१ अर्ब अमेरिकी डलर वरिपरि रहेको छ भने फ्रान्सको कुल सेयर मूल्य २८ खर्ब २३ अर्ब अमेरिकी डलर रहेको ब्लुमबर्गले हिसाबकिताब निकालेको छ ।

मध्यमखालका कम्पनीहरु सूचीकृत भएको लण्डनको एफटीएसई २५० सेयर इन्डेक्स गत वर्षयता १७ प्रतिशतभन्दा धेरैले घटेको छ भने उपभोक्ता र व्यवसायले बढ्दो महंगी र उच्च ब्याजदरसामु संघर्ष गरिरहेका छन् । यसका बाबजुद ठूला कम्पनीहरु सूचीकृत एफटीएसई १०० इन्डेक्स भने स्थिर रहेको छ ।

ब्लुमबर्गका अनुसार फ्रान्सको विलासी सामान उत्पादकले देशको सीएसी ४० इन्डेक्सको कुल मूल्य बढाउन मद्दत गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .