कारोबार


५२२ जनाको लगानी रहेको बल्खुको आधार ट्रेड मल निर्माण ७० प्रतिशत सकियो

५२२ जनाको लगानी रहेको बल्खुको आधार ट्रेड मल निर्माण ७० प्रतिशत सकियो

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १२:२, काठमाडौँ

बल्खुमा नवनिर्मित आधार ट्रेड मलको निर्माणकार्य ७० प्रतिशत सकिएको छ। 

सन् २०१७ मा स्थापना भएको आधार मल्टी–इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले निर्माण गरिरहेको हो। 

क्राउड फन्डेड प्रोजेक्ट (सामूहिक लगानीको परियोजना)को रुपमा यसको निर्माण भइरहेको छ। महाबौद्धमा होलसेल व्यापार गरिरहेका व्यवसायीको लगानीमा निर्माण भइरहेको छ। 

मलमा २१ सय युनिट बिक्री गर्न सकिन्छ। हालसम्म २५ प्रतिशत सटर बुकिङ भएका छन्। कम्पनीको बुकिङ तीव्रगतिमा हुन सकेन। २०१८ मा निर्माण सुरु रिङरोडमै रहेको मल ४ लाख वर्ग फिट पसलको लागि प्रयोग गर्न सकिन्छ। 

यसमा इम्पोर्ट बेस ट्रेडिङ गरिरहेका ५२२ जनाको लगानी छ। व्यवसायीले आधार मललाई होलसेल र रिटेल मार्केटको रुपमा सञ्चालन गर्ने तयारीमा छन्। 

ठूलो र फराकिलो ठाउँसहित निर्माण भइरहेको ट्रेडमल २०२३ सम्म सम्पन्न गर्ने लक्ष्य राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad