कारोबार


एनआईसी एशिया बैंकमा भिडिओबाटै केवाईसी अद्यावधिक गर्न सकिने

एनआईसी एशिया बैंकमा भिडिओबाटै केवाईसी अद्यावधिक गर्न सकिने

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १८:५८, काठमाडौँ

एनआईसी एशिया बैंकमा ‘भिडिओ केवाईसी (भी–केवाईसी)’ बाटै ग्राहकहरूको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ।

घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैंकको वेबसाइट मा रहेको ‘अनलाइन अप्लिकेसन’ ट्याब गरी ई– केवाईसी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुवै विकल्प छनौट गरी सबमिट गर्नुपर्नेछ।

त्यसपछि ग्राहकहरूले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा भिडिओ कल मार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन्। वा बैंकिङ्ग समयमा भिडिओ कलको लागि एपोइन्टमेन्ट बुक गरी सो समयमा केवाईसी विवरण अद्यावधिक गर्न सकिनेछ। बैंकले यसअघि अनलाइन खाता खोल्ने ग्राहकहरूको लागि अनलाइनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडिओ केवाईसी सेवाको सुरुवात गरिसकेको छ।

ग्राहकहरूले भी– केवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडिओ कल मार्फत  देखाउनु पर्छ। 

यसरी भी– केवाईसी मार्फत केवाईसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरूले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन्।

स्वदेश वा विदेशमा रहेका ग्राहकहरूलाई भिडिओ कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा यसबाट ग्राहकहरूलाई उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .