आन्तरिक राजश्व विभागले १४ उत्कृष्ट करदातालाई सम्मान गरेको छ। कर दिवसको अवसरमा विभागले १४ विधालाई सम्मान गरेको हो।
जसमा नेपाल दुरसचार कम्पनी धेरै आयकर तिर्नेमा रहेको छ। निर्यातमा शिवशक्ति रहेको छ भने विशेष विधा अन्तरगर्त राजेस मेटल क्राफ्ट सम्मानित भएको हो।
कृषि क्षेत्रमा ओसिबी फिड्स एन्ड फुड, सहकारी विधामा छिमेक लघुवित्त, बैंक तथा वित्तीय सस्थामा नबिल बैंक, बिमा कम्पनीमा नेपाल पुनर्बिमा कम्पनी उत्कृष्ट रहेको छ।
स्वास्थ क्षेत्रमा नोबेल टिचिगं हस्पिटल सम्मानित भएको छ भने पर्यटनतर्फ मनकामना केवलकार प्राली सम्मानित भएको छ।
बस्तु व्यापार हंसराज हुलास प्राली, उर्जामा चिलिमे जलविद्युत सम्मानित भएका छन्।
मध्यम स्तरीय करदातामा नेपाल धितोपत्र बिनिमय बजार लि, व्यत्तिगत आयकर तिर्नेमा विजय कुमार शाह, रेमिटेन्स कम्पनीमा आईएमई रहेको छ।
त्यस्तै सबैभन्दा धेरै कर तिर्नेमा सुर्य नेपाल र सबैभन्दा धेरै भ्याट गोर्खा ब्रुअरी सम्मानित भएका छन्।
Shares
प्रतिक्रिया