त्रिभुवन विमानस्थलमा क्लालिब्रेसन फ्लाइट हुँदा उडान प्रभावित हुने भएका छन्।
विमानस्थलका उपकरण परिक्षण गर्न थाई एयरले क्लालिब्रेसन फ्लाइट गर्न लागेको हो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेम ठाकुरले ४–५ घण्टा उडान प्रभावित हुन सक्ने बताए।
‘विहीबार करिब ४–५ घण्टा क्यालिब्रेसन फ्लाइट हुँदैछ,’ ठाकुरले भने,‘उडान डिले हुनसक्छ भनेर नोटाम नै जारी गरेका छौं।’
उनले बिहान ९ बजेदेखि नै क्लालिब्रेसन उडान गर्ने तयरी गरिए पनि भिजिबिलिटी कम हुँदा बिहान ११ बजेसम्म सुरु हुन सकेको छैन।
क्लालिब्रेसनसँगै नियमित उडान बीचमा हुने ठाकुरले जानकारी दिए।
42
Shares
प्रतिक्रिया