ad ad

कारोबार


घरको ड्रेनेज सिस्टम बलियो बनाउन मंगलम् प्रोड्रेन पाइप

घरको ड्रेनेज सिस्टम बलियो बनाउन मंगलम् प्रोड्रेन पाइप

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १७:४१, काठमाडौँ

घर बनाउँदा जग जति महत्वपूर्ण हुन्छ, घरको ड्रेनेज सिस्टम पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

घरको ड्रेनेज सिस्टमको काम भनेको घरको शौचालय, बाथरुम, सिङ्क आदि बाट निक्लिने फोहोर पानीलाई ढलको प्रणालीमा विसर्जन गर्नु तथा वर्षामा जम्मा हुने आकाशे पानी सङ्कलन वा निकास गर्नु हो। 

उचित ढल निकास प्रणालीको अभावले भवन भत्किने, भित्ताहरुमा पानी रसाउने जस्ता धेरै समस्याहरू निम्त्याउन सक्छ। उचित ड्रेनेज प्रणालीले पानीबाट निम्तिन सक्ने क्षति र त्यसबाट स्वास्थ्यमा पर्ने जोखिमलाई रोक्न मद्दत गर्दछ।

जल निकासी प्रणालीमा विभिन्न प्रकारका ड्रेनेज पाइपहरू प्रयोग गरिन्छ। गुणस्तरय पाइप छनोट गर्न नसक्दा पाइपहरु फुट्ने, चुहिने, खिइएर जाने, पाइप भित्र जीवाणुहरु फैलिने, पाइपहरु जाम हुने, पाइपमा प्रयोग भएको केमिकल पानीमा मिसिने जस्ता समस्याहरू आउने गर्दछन्। 

पाइपहरु भित्ताको भित्री भागमा जडान हुने हुँदा कुनै पनि समस्या आइपर्दा भित्ता सबै भत्काएर पाइप झिक्नुपर्ने हुन्छ। त्यसैले निर्माणको क्रममा नै गुणस्तर प्रमाणित पाइपहरुको प्रयोग गरे यस्ता समस्याहरुबाट जोगिन सकिन्छ। 

बजारमा प्रयोगको प्रकार अनुसार छुट्टा–छुट्टै किसिमको ड्रेन पाइपहरु उपलब्द छन्। जस्तै भूमिगत जल निकासका लागि माटोको पाइप, फोहोर निकासका लागि बेग्लै पाइप, भेन्टिलेसनको लागि भेन्ट पाइप, वर्षाको पानी सङ्कलनको लागि डाउनस्पाउट पाइपको प्रयोग गरिन्छ। 

मंगलम प्रोड्रेन पाइपहरू आईएसः१३५९२ अनुसार रिङफिट र सेल्फिट दुवैमा टाइप ए र टाइप बी गरी दुई फरक प्रकारमा उत्पादन छन्।

टाइप एका पाइपहरू भेन्टिलेसन र वर्षाको पानी सङ्कलनमा प्रयोग गरिन्छ भने टाइप बीका पाइपहरू माटो र फोहोर निकासी अनुप्रयोगहरूको लागि प्रभावकारी हुन्छ। यी पाइपहरू एकल सकेट र डबल सकेटको साथ विभिन्न लम्बाइ तथा विभिन्न आकारहरूमा उपलब्ध छन्।

मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ। नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ।

यसका सबै उत्पादनहरू आईएसओ ९००१ः२०१५ प्रमाणित छन् भने मङ्गलमको सीपीभीसी, पीभीसी र एचडीपीइ पाइप आईएसओ साथ साथै नेपाल गुणस्तर (एनएस) चिह्न पनि प्रमाणित छन्। यी उत्पादनहरु प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीहरुको साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ भएको  मंगलमको विश्वास रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .