कारोबार


पत्रकार महासंघ प्रतिष्ठान र प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचारसम्बन्धी समझदारी

पत्रकार महासंघ प्रतिष्ठान र प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचारसम्बन्धी समझदारी

नेपालखबर
मंसिर २१, २०७९ बुधबार १५:६, काठमाडौँ

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र ललितपुरस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

महासंघका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्धनिर्देशक डा. कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। 

एक वर्षका लागि भएको सम्झौता बुधबारबाटै लागू भएको छ। हस्ताक्षर कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहाल र प्रतिष्ठान प्रदेशका महासचिव रामकुमार शाहीको समेत उपस्थिति थियो।

सम्झौताअनुसार  प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र सबै प्रतिष्ठान शाखाहरूमा आवद्ध, हाल रहेका १ हजार ४६७ सदस्यहरू (पत्रकारहरू) लाई परिचयपत्रका आधारमा ओपीडीमा ५० प्रतिशत, प्रयोगशालामा ४० प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ। पत्रकारहरूको विवरण प्रदेश समितिले क्लिनिकलाई उपलब्ध गराउने बताइएको छ। 

क्लिनिका प्रबन्ध निर्देशक डा. रानाभाटले प्रतिष्ठान आवद्ध पत्रकारका आश्रित परिवारका तीन जना सदस्यलाई सूची उपलब्ध भएपछि सोही छुट उपलब्ध हुने पनि बताएका छन्। 

क्लिनिकमा प्रजनन् स्वास्थ्य सेवा, कलेजो प्रत्यारोपण सेवा, स्त्री तथा प्रसूति सेवा, हाडजोर्नी, मधुमेह तथा थाइरोइड, ग्यास्ट्रोलोजी, मुटु रोग, सामान्यदेखि जटिल अप्रेसन सेवा, दन्त उपचार सेवा, मनोपरामर्श तथा उपचार, मिर्गाैलासम्बन्धी उपचार सेवा, नाक, कान, घाँटी, बालरोग, स्नायु सेवा, टेस्टयुब बेबी, छाला सम्बन्धी सेवा, फिजियो थेरापी, स्तन क्यान्सरको उपचार र सम्पूर्ण ल्याबसम्बन्धी सेवा उपलब्ध रहेको रानाभाटले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .