ad ad

कारोबार


१७ करोड लागतमा यस्तो बन्दैछ ग्वार्कोमा ओभरपास

१७ करोड लागतमा यस्तो बन्दैछ ग्वार्कोमा ओभरपास

डिजाइन : सडक विभाग


नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार १७:५३, काठमाडौँ

१७ करोड लागतमा ललितपुरको ग्यार्कोमा ओभर पास निर्माण सुरू भएको छ। यातायात व्यवस्था विभागले ट्राफिक व्यवस्थापनबाट निर्माणको प्रक्रिया शुरू गरेको हो। 

विभागले विना पोलको ओभरपास बनाउँदै छ। विभागले २०७८ मा ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो।

सार्वजनिक खरिद सम्झौतामा ४ महिनामा ओभरपासको डिजाइन गरेर थप २० महिनाभित्रै बनाउने सम्झौता भएको छ। 

ओभरपास निर्माणको ठेक्का आशिष, रेलिगेयर, समानान्तर जेभीले पाएका छन्।

सडक विभाग अन्तरगतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिडिई सौरभ बज्राचार्यले शुक्रबारबाट काम शुरू भएको जानकारी दिए। 

‘आजै खन्न थालिएको होइन’
बज्राचार्यले भने, ‘ट्राफिक व्यवस्थापनको काम शुरू गरेका छौं। केही दिनमा भौतिक रूपमै काम सुरू हुन्छ।’

ईपीसी मोडल अनुसार ठेक्का लागेकाले डिजाइनको काम ठेकेदार आफैँले गरेको हो। 

यसको लागि कम्पनीले १० महिना समय लगाएको छ। बज्राचार्यका अनुसार अब १४ महिना बाँकी रहेको छ। 

ग्वार्को चोक चक्रपथको ट्राफिक चाप हुने सडकमा पर्छ। सरकारले लामो समयदेखि फ्लाई ओभर बनाउने भनेपनि सुरू हुन सकेको थिएन। 

४ लेनको बन्दै छ ओभरपास
सडक विभागका अनुसार अहिलेकै सडकमा रिटेनिङ वाल उठाएर ओभरपास बन्दै छ। 

बीएन्डबी अस्पतालतर्फबाट र बालकुमारी दुवैतर्फबाट र्‍याम्प बनाइने छ। दुवै तर्फको र्‍याम्प जोड्न ग्वार्को चोकमा पुल हुने छ। 

बीएन्बीबाट चोकसम्म १८५ मिटरको लामो र्‍याम्प बन्ने र बालकुमारीतर्फबाट ३२० मिटरको अर्को र्‍याम्पसँगै पुल ५४० मिटरको  रहने छ। 

अहिलेको सडकमा वाल उठाएर भिरालो सडक हुँदै गाडी गुड्ने छन्। अहिले ४ लेनको सडकमा ओभरपास पनि ४ लेनकै हुने छ। 

चोकमा रहने ३५ मिटरको लामो पुल मुनिबाट इमाडोल–पाटन गुड्ने सवारीसाधन ट्राफिक जाम बिनै गुड्न सक्ने छन्। 

 मुख्य सडकमा र्‍याम्प बनाएर ओभरपास बनाए पनि सर्भिस लेनहरु अहिलेकै अवस्थामा रहने छन्। निर्माण अवधीभर गाडी आउजाउको  व्यवस्था सर्भिस लेनबाट मिलाइने बज्राचार्य जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .