ad ad

राजनीति


परराष्ट्रमन्त्री खड्का र टर्किस विदशमन्त्रीबीच टेलिफोन वार्ता, नेपालमा दूतावास खोल्ने

परराष्ट्रमन्त्री खड्का र टर्किस विदशमन्त्रीबीच टेलिफोन वार्ता, नेपालमा दूतावास खोल्ने

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार १८:७, काठमाडौँ

गणतन्त्र टर्कीले नेपालमा निकट भविष्यमा आफ्नो दूतावास खोल्ने भएको छ। 

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग टर्की गणतन्त्रका विदेश मामिलामन्त्री मेभलुत काभुसोउलुले शुक्रबार टेलिफोन वार्ता गरेका छन्।

दुई देशबीचको बढ्दो सम्बन्धलाई मध्यनजर गर्दै निकट भविष्यमा काठमाडौंमा टर्कीको दूतावास खोल्न दुवै मन्त्री सहमत भएका परराष्ट्र मन्त्रालयले जनाएको छ।

टेलिफोन वार्ताका क्रममा उनीहरुबीच आपसी हितका विविध विषयमा विचार आदानप्रदान भएको थियो। नेपाल–तुर्की द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विभिन्न विषयमा पनि छलफल भएको परराष्ट्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .