कारोबार


टाटा मोटर्सको पीभी सर्भिस अब नैकापबाट पनि

टाटा मोटर्सको पीभी सर्भिस अब नैकापबाट पनि

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार २१:५२, काठमाडौँ

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अब नैकापबाट पनि ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको सेवा (पीभी सर्भिस) सुरुवात गर्ने भएको छ।

पछिल्लो समय यस श्रेणीका उत्पादनहरुको बजार व्यापक रुपमा विस्तार भइरहेको तथ्यलाई मध्यनजर गर्दै ग्राहकहरुलाई प्रभावकारी एवं उत्कृष्ट ढंगले सेवा/सुविधा प्रदान गर्ने उद्देश्यले पीभी सर्भिस वर्कशप अझै थप्दै ग्राहक सेवाको विस्तार गर्ने थालनी गरिएको कम्पनीले जनाएको छ।

यस अन्तर्गत आइसी इन्जिन भएका (इन्धनबाट संचालन हुने) मात्र नभई विद्युतीय (ईभी) दुवै प्रकारका गाडीहरुको मर्मत सम्भार गरिनेछ। त्यसको लागि आवश्यक दक्ष जनशक्ति तथा पूर्वाधारको पनि तयारी पूरा भईसकेको कम्पनीले जनाएको छ।

टाटा ब्राण्डका ईभीहरुको नेपालमा लोकप्रियताको बढोत्तरीसँगै सिप्रदीले आफ्ना ग्राहक सेवा केन्द्रहरुमा यस गाडीको लागि आवश्यक पूर्वाधार  विकास गरिरहेको कम्पनीको दाबी छ।

सिप्रदीले नेपालभर आफ्ना २२ भन्दा बढी ग्राहक सेवा केन्द्रहरुबाट उच्चस्तरीय सेवा/सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .