कारोबार


सेरेब्रल पल्सी सेन्टरका बालबालिकालाई लक्ष्मी ग्रुपको सहयोग

सेरेब्रल पल्सी सेन्टरका बालबालिकालाई लक्ष्मी ग्रुपको सहयोग

नेपालखबर
पुस ६, २०७९ बुधबार ११:५०, काठमाडौँ

लक्ष्मी ग्रुपले ४९औँ वार्षिकोत्सवको अवसरमा बालबालिकालाई सहयोग गरेको छ। 

सामाजिक उत्तरदायित्वअनुसार ग्रुपको वार्षिकोत्सवको अवसरमा हुन्डाईका गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी सेन्टरका ५० भन्दा बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री वितरण गरेको हो। 

कम्पनीका अनुसार सेरेब्रल पल्सी नेपाललाई ग्रुपले लामो समयदेखि सहयोग गर्दै आएको जनाएको छ। 

कम्पनीले मोबिलिटी सबैको आधारभूत आवश्यकता भन्ने मान्यतासहित मस्तिष्काघात भएका व्यक्तिलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको छ। 

सेरेब्रल पल्सी नेपालसँग आबद्ध व्यक्तिलाई ग्रुपले फर्निचर र अन्य सामग्री बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ। 

उक्त कार्यशालाको निर्माणले समूहलाई आर्थिक भार घटाउनका साथै आत्मनिर्भर बनाउने विश्वास लिइएको पनि कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .