ad ad

कारोबार


समृद्धिको मुनाफा १ करोड

समृद्धिको मुनाफा १ करोड

नेपालखबर
पुस ९, २०७९ शनिबार २०:१९, काठमाडौँ

सर्लाहीको हरिवनमा रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षको कारोबारबाट झण्डै एक करोड रुपैयाँ मुनाफा गरेको छ। 

संस्थाको शनिबार सम्पन्न १५ औँ वार्षीक साधारण सभामा अध्यक्ष अर्जुन पन्तले संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा १७ करोड ५३ लाख ६७ हजार ४०८ रुपैयाँ कारोबार गरी ९९ लाख ३५ हजार ८१ रुपैयाँ खुद मुनाफा गरेको जानकारी दिए।

कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले सबैले सहकारीमा कारोबार गर्ने हो भने अप्ठ्यारो पर्दा मिटरब्याजीसँग ऋण लिएर गर्जो टार्नुपर्ने अवस्थाको अन्त्य हुने बताए। 

उनले शेयर सदस्यलाई उधमी बनाउनेगरी काम गर्न समृद्धिका सञ्चालकहरुलाई आग्रह गरे। 

संस्थाले शेयर सदस्यलाई साँढे १७ प्रतिसत बोनश वितरण गरेको व्यवस्थापक चिरञ्जीवी भट्टराईले जानकारी दिए।

कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता, बाल बचतकर्ता, उत्कृष्ट शेयर सदस्य, एसईईमा उत्कृष्ट नजिता ल्याउने छात्रछात्राहरुलाई सम्मान गरिएको थियो। 

समृद्धिले ७५ वर्ष पूरा भएका जेष्ठ सदस्यलाई मासिक ३ सयका दरले भत्ता दिँदै आएको छ। 

त्यसैगरी महिला शेयर सदस्यलाई सुत्केरी भत्ता, प्राणघातक रोग लागेका शेयर सदस्यलाई उपचार खर्च, शेयर सदसस्यको मृत्यु भएमा किरिया खर्चसमेत प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .