ई–कमर्स प्लेटफर्म बिजबजारले डिसेम्बर २४ देखि जनवरी ४ सम्म राइजिङ मलमा मल एक्टिभेसन सञ्चालन गरिरहेको छ।
बिजबजारका अनुसार सेवाग्राहीहरूका लागि उपलब्ध हुने रोमाञ्चक अफर र छुटहरूको फाइदा उठाउनका लागि यो उत्कृष्ट अवसर हो।
यो अवसरमा सेवाग्राहीहरूले बिजबजारको वेबसाइटमा एकाउन्ट दर्ता गरी विभिन्न क्रियाकलापमा सहभागी भई आकर्षक गिफ्टहरू समेत जित्न सक्नेछन्।
योसँगै सेवाग्राहीहरूले ५ सय रुपैयाँको छुट पनि प्राप्त गर्न सक्नेछन्। मल एक्टिभेसनमा सेवाग्राहीहरू सहभागी भई बिजबजारका विभिन्न ब्रान्ड, अफर साथै अन्य सुविधाको जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।
15
Shares

प्रतिक्रिया