कारोबार


सञ्चालनमा आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन (तस्बिरहरु)

सञ्चालनमा आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन (तस्बिरहरु)

तस्बिर : बसन्त अर्याल/नेपालखबर


नेपालखबर
पुस १७, २०७९ आइतबार १४:०, काठमाडौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। आइतबार पोखरा विमानस्थलमा यति, बुद्व, सौर्य, गुण एयरलाइन्सले उडान गरेका छन्।

आइतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री दाहालले सो अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको सपना पूरा भएको बताएका छन्। उनले अहिले ४–५ बजेसम्म चल्दै आएकोमा अब २४ सै घण्टा सञ्चालन गर्न सकिने बताए।

विमानस्थल सञ्चालनबाट पोखरामा पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने बताए। 

त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो। यस अघि त्यस क्षेत्रका हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो।

समारोहमा पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .