बन्दना स्टिल प्रा.लिले एक वर्षमा ९२ करोड रुपैयाँको स्टिलका उत्पादन बिक्री गरेको छ।
आर्थिक वर्ष २०७७/०७८ मा ६४ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले २०७८/०७९ मा ९२ करोड रुपैयाँका उत्पादन विक्री गरेको हो।
१९८३ मा गौरीशंकर रोलिङ मिल रहेकोमा विनोद खान्देलवालको परिवारले खरिद गरेको थियो।
कम्पनीले स्टिल विलेटबाट एन्गल, गेट्स, च्यानल उत्पादन गर्दै आएको छ।
कम्पनीको दैनिक १५ हजार मेट्रिकटन उत्पादन गर्ने क्षमता रहेकोमा गत आर्थिक वर्षमा ६० प्रतिशत उपयोग गरेको छ।
कम्पनीले कर, ब्याज, डिप्रिसेसनसहितको नाफा अघिल्लो आर्थिक वर्षमा . प्रतिशत रहेकोमा गत आर्थिक वर्ष ७.८ प्रतिशत रहेको छ।
कम्पनीको उत्पादनमध्ये ४७ प्रतिशत एंगलले लिएको छ। नेपालमा ३० वटा रोलिङ मिल्स रहेका छन्।
33
Shares

प्रतिक्रिया