ad ad

कारोबार


तेस्रो उडानका क्रममा दुर्घटनामा पर्‍यो यतीको जहाज

तेस्रो उडानका क्रममा दुर्घटनामा पर्‍यो यतीको जहाज

यतीको जहाजको रुट। स्रोत : फ्लाइटराडार२४


नेपालखबर
माघ १, २०७९ आइतबार १३:३०, काठमाडौँ

पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको जहाजले काठमाडौं-पोखरा रुटमा आइतबार बिहानै तीनचोटि उडान गरेको खुलेको छ। 

आइतबार जहाजले काठमाडौंबाट पोखरा पहिलो उडान गरेको थियो। विश्वभरका उडान ट्राक गर्ने  फ्लाइट राडार२४का अनुसार त्यसपछि उक्त जहाज पोखराबाट फेरि काठमाडौं आएको थियो।

त्यसपछि पुन: पोखराका लागि उडेकोमा विमानस्थलनजिकै सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो। 

फ्लाइटराडार२४ का अनुसार दोस्रो पटक पोखरामा अवतरण गर्ने बेला जहाज दुर्घटना भएको हो।

स्रोत : फ्लाइटराडार२४

 
सुरुमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट यतीको एटीआर ७२ विमान बिहान ८ः०५ बजे पोखरा उडान भरेको थियो। यति एयरलाइन्सको ९एनएनसी जहाज बिहान ८ः३१ मा पोखरा विमानस्थल अवतरण गरेको थियो। 

पोखराबाट ८ः५० मा उडेको विमान काठमाडौंमा ९ः१८ अवतरण गरेको थियो। फेरि ६८ यात्रु बोकेर काठमाडौंबाट १०ः३२ मा उडान गरेकोमा पोखरामा १०ः५९ मा दुर्घटना परेको फ्लाइटराडार२४ले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .