पोखराको सेती खोंचमा आइतबार बिहान भएको दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा एकजना चर्चित पत्रकार पनि रहेको खुलेको छ।
दुर्घटनाग्रस्त जहाजमा पत्रकार त्रिभुवन पौडेल रहेको खुलेको हो। उनी सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका नेता पनि हुन्।
उनी दुई दशकदेखि पत्रकारितामा संलग्न थिए। उनी नेपाल पत्रकार महासंघमा केन्द्रीय सदस्य पनि भइसकेका छन्। उनले यसअघि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षको जिम्मेवारी पनि पूरा गरिसकेका छन्।
आइतवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पोखरा फर्किने योजना पौडेलले बनाएका थिए।
दुर्घटनामा परेकाहरुको यात्रुको सूचीमा उनको पनि नाम छ। उनी पनि जहाजमा रहेको जानकारी आएपछि उनको फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन।
1.4k
Shares
प्रतिक्रिया