कारोबार


दुर्घटनामा परेको विमानमा थिए ५३ नेपाली र १५ विदेशी यात्रु

दुर्घटनामा परेको विमानमा थिए ५३ नेपाली र १५ विदेशी यात्रु

फाइल तस्बिर


नेपालखबर
माघ १, २०७९ आइतबार १३:४४, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले ५३ नेपालीसहित विदेशी नागरिक दुर्घटनामा परेको बताएको छ।

१०ः३२ मा पोखराको लागि उडेको जहाजमा ५३ नेपाली, ५ भारतीय, रसियन ४ जना रहेका छन्। 

कोरियन २ सहित आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रन्सका एक–एक जना रहेको प्राधिकरणले जनाएको छ। 

प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले एनवाईटी ६९१, ९एन एएनसी पोखरा टावरमा १०ः५० सम्म सेती खोचमा सम्पर्क आएको थियो। 

पोखरामा २ वटा हेलिकप्टर उद्धारमा लागेको र आवश्यक अनुसार हेलिकप्टर स्ट्यान्डबाई रहेको प्राधिकरणले जनाएको छ। 

एटीआर ७२ को जहाजमा चालक दलको सदस्यमा पाइलट कमल केसी र अन्जु खतिवडा रहेका छन्। सुजना होंगचुन, ओसिन आले मगर चालक दलको रुपमा विमानस्थलमा रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .