ad ad

समाज


सेनाका २ हेलिकप्टरमा चिकित्सकसहितको टोली पोखरा पठाउने तयारी

सेनाका २ हेलिकप्टरमा चिकित्सकसहितको टोली पोखरा पठाउने तयारी

नेपालखबर
माघ १, २०७९ आइतबार १३:१७, काठमाडौँ

पोखरास्थित विमान दुर्घटनास्थलमा पठाउनका लागि नेपाली सेनाले चिकित्सकसहितको टोली तयारी अवस्थामा राखेको छ। 

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार पोखराबाट थप मद्दत आवश्यक परे पठाउनका लागि हेलिकप्टरसहितको टोली तयारी अवस्थामा राखिएको हो। 

‘यहाँ दुई वटा हेलिकप्टरमा चिकित्सकसहितको थप टोली तयारी अवस्थामा राखिएको छ। तर पोखरामा पनि हाम्रो अस्पताल रहेकाले थप टोली आवश्यक पर्ने नपर्ने निश्चित भइसकेपछि यहाँबाट टोली मुभ हुन्छ’, प्रवक्ता भण्डारीले भने। 

आइतबार बिहान काठमाडौंबाट ६८ यात्रु लिएर पोखराका लागि उडेको विमान विमानस्थलनजिकै सेतीको खोंचमा दुर्घटनामा परेको छ। अहिले त्यहाँ उद्धार कार्य जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .