ad ad

कारोबार


नयाँ विमानस्थल उद्घाटन भएको १५ दिनमै पोखरामा विमान दुर्घटना

नयाँ विमानस्थल उद्घाटन भएको १५ दिनमै पोखरामा विमान दुर्घटना

नेपालखबर
माघ १, २०७९ आइतबार १२:९, काठमाडौँ

उद्घाटन भएको १५ दिनमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विमान दुर्घटना भएको छ। 

जनवरी १ तारिखमा मात्र उद्घाटन भएको विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना भएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए। पुस १७ गते आन्तरिक उडान सुरु गरी नयाँ विमानस्थल सञ्चालनमा ल्याइएको थियो। पछिल्लो १५ दिनमा बुद्ध, यती, श्री एयरलाइन्स लगायतले नियमित उडान गर्दै आएका थिए। 

यति एयरलाइन्सका अनुसार काठमाडौंबाट पोखराका लागि उडेको (एन एनसी एटीआर-७२) नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको छ। सेती किनारामा दुर्घटना भएकोमा यात्रु संख्या ६८ र चालक दलका ४ जना रहेका थिए। 

पोखार अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा पोखरा विमानस्थल निर्माण भएको हो। करिब २२ अर्ब रूपैयाँमा विमानस्थल तयार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .