पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आपतकालिन मन्त्रिपरिषद् बैठक राखेका छन्।
सरकारी निवास बालुवाटारमा केही बेरअघि मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले बताएका छन्।
यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक राखेका हुन्।
यो बैठकले उक्त दुर्घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सक्ने सम्भावना छ।
माघ १, २०७९, आइतबार
84
Shares
प्रतिक्रिया