ad ad

कारोबार


झिनो अंकले घटेको बजारमा १०१ कम्पनीको सेयरमूल्य बढ्यो

झिनो अंकले घटेको बजारमा १०१ कम्पनीको सेयरमूल्य बढ्यो

नेपालखबर
माघ १२, २०७९ बिहिबार १५:४८, काठमाडौँ

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको गिरावट आएको छ। आज नेप्से ०.३५ अंकले घटेर २ हजार १८३.२७ विन्दुमा झरेको हो। 

झिनो अंकले घटेको बजारमा १०१ कम्पनीको सेयरमूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ। त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर नै छ। 

आज नेप्से परिसूचकसँगै कारोबार रमकमा समेत गिरावट आएको छ। अघिल्लो कारोबार ३ अर्ब ४२ करोडको कारोबार भएको यस दिन २ अर्ब ८६ करोडमा सीमित भएको छ। 

आज नेप्से परिसूचक उच्च २२०१ र न्यून २१७७ विन्दु समातेको थियो। 

आज २२ सय विन्दु उछिनेर २२०१ विन्दु पुगेर बजार अन्तत २१८३ आएर बन्द भएको छ। 

पुस २५ गते नेप्से परिसूचक ४७.१५ विन्दुले बढेर २२११ विन्दुमा पुगेको थियो। त्यसपछि पुन: ओरालो लाग्दै न्यून २१४५ विन्दु झरेर २२ तल रोकिएको छ। 

क्रेता र बिक्रेता २२ सय विन्दुमा रोकिएका छन्। साढे २१ सयको हाराहारीमा हुँदा डिमान्ड देखिन्छ। पुन: २२ सय विन्दु नजिक हुँदा बिक्रेता बढी देखिन थालेका छन्। 

प्राविधिक विश्लेषकहरुले २२ सय विन्दु उछिन्न निकै मुस्किल रहेको र उछिने बजार २५ सय पुग्ने आकलन गरिरहेका छन्। क्रेता र बिक्रेता दुवैले २२ सय विन्दुलाई पर्खिरहेका बजारको प्रकृतीले देखाउँछ। 

आज कारोबारमा आएका २५४ कम्पनीले ७७ लाख ६४ हजार पटकको खरिद बिक्री हुँदा २ अर्ब ८६ करोडको कारोबार भएको छ। आज तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। 

सर्वाधिक सेयरमूल्य बढेका कम्पनी 
आज कारोबारमा आएका १०१ कम्पनीको सेयरमूल्य बढेको छ। ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। लुम्बिनी जनरल इन्स्योरेन्स, आर्दश लघुवित्त र बाराही हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ। 

सर्वाधिक सेयरमूल्य घटेको कम्पनी 
आज समृद्धि फाइनान्सको सर्वाधिक ७.६८ प्रतिशतले सेयरमूल्य घटेको छ। त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको ४.५० प्रतिशत, ग्रीन भेन्चरको ४.५० प्रतिशत र सपोर्ट माइक्रोफाइन्स लघुवित्तको सेयरमूल्य ३.७३ प्रतिशतले घटेको छ। 

सर्वाधिक कारोबार गर्ने कम्पनी 
आज समृद्धि फाइनान्सको सर्वाधिक ९ करोड ७० लाखको कारोबार भएको छ। त्यसैगरी रिडी पावरको ८ करोड ६१ लाख, अँखु खोला जलुविद्युतको ७ करोड ३८ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .