ad ad

कारोबार


नेपालगन्जमा सुरु भयो वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप विथ सेल्स मिसन

नेपालगन्जमा सुरु भयो वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप विथ सेल्स मिसन

नेपालखबर
माघ १५, २०७९ आइतबार १८:१३, काठमाडौँ

पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको  रुपमा प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले  नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप विथ सेल्स मिसन सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ ट्रावल एण्ड टुर एजेन्ट्स  बाँके च्याप्टरको संयुक्त आयोजनामा माघ १५ देखि १७ गते सम्म चल्नेछ। 

कार्यक्रमा नेपाल पर्यटन बोर्ड, नाट्टा विभिन्न एअरलाइन्स तथा भारताबाट ट्राभल एजेन्ट्स एसोसिएसन अफ इण्डियाबाट कार्यकारी पधाधिकारी, भारतीय बजारमा बजारीकरण गर्न भारतीय सीमावर्ती सहरका टूर अपरेटर र आन्तरिक पर्यटन व्यवसायी तथा भारतीय सञ्चारकर्मी गरि करिब ३०० जना सहभागी रहेका छन् । 

कार्यक्रमको उद्घाटन गर्दै बाँके जिल्लाबाट प्रतिनिधि सभा सदस्य सांसद डा‍ धवल शमशेर जबराले नेपाल भारतको लागि नजिकैको उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउँदै यसको लाभ लिन भारतीयहरुलाई आग्रह  गरे। 

उनले छिट्टै नै नेपालजञ्जबाट दिल्ली,देहरादुन लगायतका सहरमा सिधा उडानको लागि पहल भइरहको जानकारी दिंदै यसबाट दुवै देशले फाइदा लिन सक्ने बताए। 

यस्तै टाइका अध्यक्ष ज्योती मयालले नेपाल भारत मिलेर काम गर्दा दुवै देशको पर्यटनमा थप गतिशिलता ल्याउन सकिने भन्दै यसको सहकार्यको लागि टाई सधैं सकारात्मक रहेको  बताए। 

नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठले भारत नेपालको महत्वपूर्ण पर्यटकीय स्रोत बजार रहेकोले पर्यटन बोर्डले भारतलाई विशेष महत्व दिएको उल्लेख गर्दै यो कार्यक्रमको माध्यमबाट भारतीय व्यवसायीहरुलाई समेत नेपालबारे थप बुझ्ने र सहकार्यको सम्भावना विस्तार हुने बताइन्। 

नाट्टाका अध्यक्ष रमेश थापाले नेपाल सबै सिजनको लागि उतकृष्ट गन्तव्य रहेको बताउँदै भारतीय पर्यटकको स्वागतका लागि नेपाल सधैं तयार रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .